नेपाली सेनाको नयाँ विमान सीएन २३५–२२० आइपुग्यो

काठमाडौं, १६ कार्तिक । नेपाली सेनाको नयाँ विमान काठमाडौं आइपुगेको छ । सेनाले इन्डोनेसियाबाट खरिद गरेको नयाँ विमान काठमाडौं आइपुगेको हो । दुई वर्षअघि सैन्य ‘ट्रान्सपोर्ट’ सुविधाका लागि सेनाले सीएन २३५–२२० विमान खरिद सम्झौता गरेको थियो । 

सो विमान इन्डोनेसियाको सरकारी कम्पनी पीटी डिरागान्ताराले तयार गरेको हो । सेनाका अनुसार, विमान इन्डोनेसियाको वेस्टजाभा बान्डुङस्थित हुसेन सास्त्रानेगारा एयरबेसबाट काठमाडौंका लागि उडेको थियो ।   

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, यो विमान बहुउपयोगी छ । 

विमान निर्माण तथा खरिदका लागि सेनाले सन् २०७४ सालमा पीटीडीआईसँंग ३० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब ३८ करोड रुपैयाँ) सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । विमान विशिष्ट व्यक्ति (भीभीआईपी) को हवाई यात्रादेखि कार्गो सुविधाका लागि समेत सञ्चालन गर्न सकिने जनाइएको छ । 

यो विमानले ५१ जनासम्म यात्रु बोक्ने क्षमता राख्छ । विमान सैन्य तालिमहरुमा पनि उपयोग गर्ने योजना छ । नेपाली सेनासँंग हाल १२ वटा सञ्चालनमा र १५ वटा ग्राउन्डेट गरी २७ वटा हवाई साधन छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *