प्रहरीलाई घुस दिन खोजेको आरोपमा महिला पक्राउ

मंसिर ४, काठमाडौँ । गएराती काठमाडौँमा प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । 

 प्रहरी वृत्त महाराजगञ्जका अनुसार प्रहरीलाई ५० हजार घुस दिन खोजेको आरोमा टोखा नगरपालिका–५ वसुन्धरामा सञ्चालनमा रहेको आगमन फुडल्याण्ड एण्ड गेष्टहाउसका ४० वर्षीया सोममाया राई पक्राउ गरिएको हो । 

उक्त गेष्टहाउसमा अवैध गतिविधि हुने गरेको सूचना पाएका प्रहरीले छापामार्न खोज्दा ५० हजार दिएर कुरो मिलाउन खोजेपछी उनलाई नियन्त्रणमा लिइएको वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्साले जानकारी दिएका छन्  उनका अनुसार हाल राईलाई कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ । 

Image result for महिला पक्राउ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 6 =