क्रिक्रेटर पारस खड्कालाई सन्दीपले ट्विटरमा फलो गरे
२०७६ कार्तिक २९ गते

कात्तिक २९, काठमाडौं । नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन एक दशक बढि महत्वपूर्ण योगदान दिएका पारस खड्कालाई ट्विटर र इन्ष्टाग्राममा अनफलो गरेर आलोचित बनेका नेपालकै सर्वाधिक कमाई गर्ने क्रिक्रेटर सन्दीप लामिछानेले अन्ततः पारसलाई फलोब्याक गरेका छन् ।
हिजो बिहीबारबाट सन्दीपले पारस खड्कालाई ट्विटर इन्ष्टाग्राममा फलो ब्याक गरेका हुन् । सन्दीपले पारससँगको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । दुबै खेलाडी टी १० लिग खेल्न अहिले युएईमा भएको बेला उनले तस्विर शेयर गरेका हुन् ।
उनले पारसँग सँगै हुँदा खुसी लागेको भन्दै खेलका लागि शुभकामना दिएका थिए । शुक्रबार बिहानै सन्दीपले पारसलाई फलो गरेका हुन् । सन्दीपले माइक्रो ब्लगिङ ट्विटरमा आए लगत्तै पारस फलो गरेका थिए । तर उनले केही सयम पारसलाई अनफलो गरेका थिए ।

२०७६ कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित








