१३ औं सागको उद्घाटनः विदेशी भूमिको भन्दा कम हुन छैन (फोटो फिचर)

मंसिर १४, काठमाडाैं । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको भोली भब्य कार्यक्रम विच उद्घाटन हुँदैछ । देशकै एक मात्र अन्तराष्ट्रिय दशरथ रंगशालामा सागको भब्य उद्घाटनको हिजो रिहर्सल गरियो ।   

सागलाई भव्य बनाउने उद्देश्यले नेपाली सेना, प्रहरी तथा विद्यार्थीले उद्घाटनको रिहर्सल गरेका थिए । १९८४ मा नेपालबाटै शुरु भएको सागको तेह्रौं संस्करण पुनः नेपाल आइपुग्दा नेपालले तेस्रो पटक प्रतियोगिता आयोजना गर्दैछ ।   

काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गतेसम्म हुने साग प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले भोली आइतबार दशरथ रंगशालामा एक विशेष समारोहबीच उद्घाटन गर्ने कार्यक्रम छ । जहाँ सार्क राष्ट्रका पाँच हजार बढि खेलाडी तथा अफिसियलले सहभागिता जनाउने छन् ।   

  

करिब सवा तीन घण्टाको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देश सहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।  

हेर्नुहाेस थप फाेटाेहरू 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 18 =