२७ वर्षीय युवतीको बलात्कार, पुलमुनि भेटियो आधा जलेको शव !

मंसिर १३, नयाँ दिल्ली । भारतको तेलंगनाको हैदराबादमा २७ वर्षीया एक युवतीको बलात्कारपछि जिउँदै जलाएर हत्या गरेको घटना सार्वजनिक भएको छ । 

प्रियंका रेड्डी नामकी ती युवतीको स्कुटर पन्चर भएको मौका छोपी उनीमाथि बलात्कार गरिएको थियो । 

तेलुगु मिडियाको रिपोर्ट अनुसार प्रियंका जागिरे थिइन् र आफ्नो स्कुटीलाई टोंडुपल्ली टोल प्लाजा नजिकै पार्क गरेर ट्याक्सी चढेर काममा जाने गर्थिन् । कामबाट फर्कँदा उनले आफ्नो स्कुटी पन्चर पाइन् । 

त्यसपछि प्रियंकाले स्कुटीलाई टोल प्लाजामा राखेर ट्याक्सी नै चढेर घर फिर्ता हुने निर्णय गरिन् । 

टोल प्लाजामा दुई व्यक्तिले प्रियंकालाई पंक्चर बनाइदिने अफर दिए र स्कुटी लिएर गए । यसबारे प्रियंकाले आफ्नी बहिनी भाव्यालाई फोन गरेर जानकारी दिएकी थिइन् । उनले बहिनीलाई सडकमा एक्लै उभिन डर लागिरहेको र अचानक केही मानिसहरु देखिएको र ट्रकजस्तो वस्तु देखिएको पनि बताएकी थिइन् । 

प्रियंकाले आफ्नी बहिनीलाई केही बेरपछि फोन गर्ने बताउँछिन् तर त्यसपछि उनको फोन स्विच अफ हुन्छ । उनको परिवारका मानिसहरुले टोल प्लाजा नजिकै प्रियंकाको खोजी गर्छन् र स्थानीय पुलिस स्टेशनमा प्रियंका हराएको भन्दै रिपोर्ट दर्ता गराउँछन् । 

बिहिबार बिहान एक निर्माणाधीन पुलमुनि आधा जलेको शव भेटिएको सूचना प्राप्त हुन्छ । र प्रियंकाका सनाखत हुन्छ । जुत्ता र स्कार्फबाहेक सय मिटरको दुरीमा प्रियंकाको भित्री वस्त्र पनि भेटिएको थियो जसको आधारमा घरका सदस्यले उनको पहिचान सुनिश्चित गरे । 

तेलुगु मिडियाको रिपोर्टमा बताइए अनुसार दुर्घटना स्थलभन्दा केही पर उनको भित्री वस्त्र पनि भेटिएपछि प्रियंकामाथि बलात्कार भएको आशंका गरिएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =