नायिका शिल्पाको रिट खारेज

कार्तिक २६, काठमाडौँ । बहुबिवाहको मुद्धा परेकी नायिका शिल्पा पोखरेलको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । 

बहुविवाहको मुद्धा पररे पक्राउ पुर्जी जारी भएपछी आफूलाई पक्राउ नगर्न भनी उनले हालेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोज कुमार शर्माको संयुक्त इजलाशले खरेज गरेको हो । रिट खारेज भएसँगै उनलाई पक्राउ गर्ने बाटो खुलेको छ । 

निर्माता छवि ओझाकी पहिलो  श्रीमती हेमा ओझाले आफ्नो श्रीमानसँग बिवाह गरेको भन्दै उनले जिल्ला अदालत काठमाडौँमा बहुबिवाहको मुद्दा दायर गरेकी थिइन् ।  शिल्पाको बिरुद्ध मुद्धा दर्ता भएपछी प्रहरीले  हेमाको उजुरीका आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो । 

Related image

जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि नायिका पोखरेलले उच्च अदालतमा पक्राउ पुर्जी खारेज गर्न निवेदन दिएकी थिइन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 11 =