मुख्यमन्त्री कार्यालयमा ताला लगाउन गएका ४३ शिक्षक पक्राउ

कार्तिक १९, जनकपुर । प्रदेश २ को मुख्यमन्त्री कार्यालयको मूल गेटमा तालाबन्दी गर्न पुगेका ४३ शिक्षकहरु पक्राउ परेका छन् ।   

मुख्यमन्त्री लाल बाबु राउतले अस्थायी शिक्षकको मागप्रति प्रतिबद्धता जनाएर बेवास्ता गरेको भन्दै कार्यालयको मूल गेटमा ताला लगाउन पुगेका ४३ शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।   

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 4 =