दिनहुुँ दूषित हावाः विश्वका प्रदूषित ३० सहरमध्ये काठमाडौँ ७ नम्बरमा

कात्तिक २४, काठमाडौँ । केही दिन भयो, काठमाडौँको आकाश लगातार धुम्म छ । दिल्लीको वायु प्रदूषणले अन्र्राष्ट्रिय चर्चा पाइरहेका बेला धरैलाई आशंका भयो– यहाँ पनि उतैको विषाक्त वायु त आइपुगेन ? तर विज्ञहरु भन्छन् – यो बाह्य प्रभाव होइन । काठमाडौँको वायुमण्डल आफैँमा प्रदूषित छ । हामीले पलपल सास फेर्ने हावामा धूवाँ र धूलोको मात्रा ‘अत्यधिक’ छ । सरकार र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले तोकेको भन्दा ५ गुणा बढीसम्म त्यस्तो धूवाँधूलो रेकर्ड भएको छ ।
सम्झनुस् हाम्रो टाउकाको एउटा रौँ । यसको औसत मोटाइ १०० माइक्रोमिटर हन्छ । त्यो मोटाइलाई ४० भाग लगाउने हो भने एउटाको आकार २.५ माइक्रोमिटर बराबरको बन्छ । यसलाई हाम्रा आँखाले देख्न सक्दैन । प्राविधिक भाषामा यसलाई (पार्टिकुलेक्स म्याटर) पीएम–२.५ भनिन्छ ।
विज्ञहरुका अनुसार पीएम २.५ कणलाई खुला आँखाले देख्न सकिदैन । यी कण नाक र मुखबाट सीधै फोक्सोमा जाने भएकाले स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिन्छ । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
null








