दासढुङ्गामा ट्रकको ठक्करबाट एकको मृत्यु

मंसिर ८, काठमाडौँ । भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा आज (आइतबार) बिहान ट्रककोे ठक्करबाट एक जनाको मृत्यु भएको छ ।   

मृत्यु हुनेमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ lकार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार मुग्लिनबाट हेटौँडातर्फ जान आउँदै गरेको ना ६ ख १८९६ नंको ट्रकले ती पुरुषलाई ठक्कर दिएको थियो ।   

ठक्करबाट घाइते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ६ः२५ बजे मृत्यु भएको हो । पुरुषलाई ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ । दुर्घटना बिहान ५ः५४ बजे भएको हो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =