‘चरीले काफल’मा बिराजले निकिता सँग कम्मर मर्काए

मंसिर १२, काठमाडौ । माघ २४ गते प्रर्दशन मिति तोकिएको चलचित्र  ‘साङ्लो’को ‘चरीले काफल’ भन्ने बोलको गीत सार्वजनिक गरिएको छ ।   

नायक विराज भट्टको डेब्यू निर्देशन रहेको यस चलचित्रको सार्वजनिक गरिएको गीतमा चलचित्रको मुख्य पात्र नायक तथा निर्देशक विराज  र नायिका  तथा पूर्व मिस नेपाल निकिता चण्डकलाई देखाईएको छ ।   

४ मिनेट भन्दा लामो उक्त गितमा चलचित्रको नायक  विराजले नायिका निकितासँग मज्जाले कम्मर मर्हाएको दृश्य समावेश गरिएको छ ।   

Image result for चरीले काफल’ गीत

राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको सो गीतमा शब्द र संगीत  पनि राजनकै रहेको छ ।  चलचित्रमा बिराज र निकितासँगै प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर।पि। पन्तलगायतका कलाकारको पनि भूमिका रहेको छ ।   

 श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत र रहेको यस चलचित्रको कथा शिवम अधिकारीले तयार पारेका हुन् ।  चलचित्रलाई कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफ गरेका हुन् ।  

चलचित्रको प्रदर्शन मिती माघ भन्दा अघी फागुन ९ गते तोएिको थियो । तर  सो मितिमा धेरै चलचित्र एकसाथ प्रदर्शन आउने भएपछी नायक तथा निर्देशक बिराजले ‘साङ्लो’को प्रर्दशन मिति सारेर माघ २४ गते पुर्याएको हो ।  

https://youtu.be/XdXm0Jua6No 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *