भारतीय विस्तारबाद मुर्दावाद’भन्दै नेवि संघका विद्यार्थी गरे प्रदर्शन

कार्तिक २२, काठमाडौँ । शुक्रबार बिहान  नेपाल विद्यार्थी संघ (नेवि संघ) भारतीय विस्तारबाद मुर्दावाद’भन्दै प्रर्दशनमा उत्रिएका छन् । 

भारतले हालसालै सार्वजनिक गरेको आफ्नो नयाँ राजनितिक नक्सामा  ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक जस्ता नेपाली भूभाग समेटेपछी यसको बिरोध गर्दै नेवि संघका विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन् । 

उनीहरुले सीमा मिच्न पाइँदैन, लिपुलेक हाम्रो हो, गो ब्याक इण्डिया, जस्ता नारा लगाई  पशुपति क्याम्पस चाबहिलबाट बिरोध प्रदर्शन सुरु गरेका थिए । 

प्रदर्शनमा उत्रिका विद्यार्थीले राजजधानीस्थित भारतीय दूतावास अगाडि नै भारतको उक्त नयाँ नक्सा समेत जलाएका छन् । यसरी नेपाली भूभागलाई  अतिक्रमण गरी भारतले आफ्नो सिमाभित्र पारेपछी नेपालमा यसको चौतर्फी बिरोध भईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *