पर्सामा १० किलो गाँजासहित एक पक्राउ
२०७६ कार्तिक २८ गते

कार्तिक २८, पर्सा । पर्सामा चेकजाँचको क्रममा १० किलो लागूऔषध गाँजासहित प्रहरीले एक २५ वर्षिय युवकलाई पक्राउ परेका छ
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली तथा प्रहरी चौकी रङ्गपुरबाट खटिएको प्रहरी टोलीले पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर २ रंगपुर चोकमा ती युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पटेर्वा सुगौली गाँउपालिका वडा नंम्बर ४ का २५ वर्षीय शिवजन्म माझी रहेको पर्सा प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका अनुसार हाल पक्राउ पक्राउ परेका माझीमाथी कारवाहरीको लागि आवश्यक अनुसन्धान भईरहेको छ ।
२०७६ कार्तिक २८ गते
प्रतिक्रिया
सम्बन्धित








