नचिनेका मान्छेहरुले मध्यराति अस्पतालमा छिरेर नर्सहरुको फोटो र भिडियो किन खिचे ?

मंसिर १३, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा मध्यरातमा नचिनेका मान्छेको समूहले इमर्जेन्सीमा रहेका नर्सहरुको तस्बिर खिचेका छन् । नर्सहरु ड्युटीमा रहेका बेला नचिनेका मान्छेको समूह आएर हल्ला गर्ने र धम्की दिने गरेपछि बुधबार राति करिब आधा घण्टाजति अस्पतालमा तनावपूर्ण वातावरण बनेको थियो ।   

प्रतिष्ठानमा कार्यरत एक नर्सले भनिन्, ‘नचिनेका मान्छेहरु आएर एकाएक भिडियो र तस्बिर खिच्न थाले । हामी डरायौँ’, ‘हामीले फोटो नखिच्नोस भन्दा बाहिर आएपछि ठिक पार्छौँ भनेर धम्की दिए ।’ करिब आधाघण्टा जति अस्पताल तनावपूर्ण अवस्थामा रहेको र ती व्यक्तिहरु निस्किएपछि बल्ल प्रहरी पुगको अस्पतालले जनाएको छ । ती व्यक्तिहरुको खोजी भइरहेको र कारबाहीको दायरामा ल्याउने बताएको छ ।   

पटक पटक अस्पतालमा घट्ने यस्ता घटनाले आफूहरु असुरक्षित भएको र डर लाग्ने गरेको अस्पतालका कर्मचारीहरु बताउँछन् । अस्पतालका सुरक्षा गार्ड माथिल्लो तलामा गएको बेला घटना भएको थियो । अस्पतालमा सुरक्षाकर्मीको डयुटी हुने भए पनि त्यस्तो घटना कहिले घट्छ थाहा नहुने हुँदा डर लाग्ने गरेको महिला कर्मचारीहरुले बताए ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *