यस्ताे छ आजको पञ्चाङ्ग र यहाँकाे राशिफल

वि.सं. २०७६ मंसिर १०। मंगलबार। इ.स. २०१९ नोभेम्बर २६। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० कछलागा। मार्ग कृष्णपक्ष। औंसी, २१:०० उप्रान्त प्रतिपदा। नक्षत्र– विशाखा, १०:१७ बजेउप्रान्त अनुराधा। योग– अतिगण्ड, २२:४१ बजेउप्रान्त सुकर्मा। करण– चतुष्पद, ९:४२ बजेदेखि नाग, २१:०० बजेउप्रान्त किंस्तुघ्न। आनन्दादिमा श्रीवत्स योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:३४ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २६ घडी २ पला। दर्शश्राद्ध। स्नान–दान गर्ने, हलो र निशि बार्ने औंसी। 

आजको राशिफल 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरेका काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आलस्य उत्पन्न भै दैनिक कार्य ओझेलमा पर्न सक्छ । 

null

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आफन्त र साथीभाइबाट सहयोग प्राप्त हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । नयाँ काम सुरु गर्ने समय आएको छ । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने बैदेशिक यात्रा तय गर्न सकिनेछ । रोकिएको धन हात पर्ला । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ व्यक्ति संग भेटघाट हुनेछ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । चोटपटकको भय छ सचेत रहनुहोला । तर शुभकार्यको चर्चापनि चल्नेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।  

– ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *