अर्बौं सरकारी जग्गा भूमाफियाको कब्जामा, १४४ बिघा शृंखलाबद्ध रुपमा व्यक्तिको नाममा दर्ता

कात्तिक १, काठमाडौँ । भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा बर्दिया सोरहवामा रहेको अर्बौं बराबरको झन्डै १ सय ४४ बिघा सार्वजनिक जग्गा शृंखलाबद्ध रुपमा व्यक्तिका नाममा दर्ता गराइएको खुलासा भएको छ । 

माफियाहरुले बर्दिया जिल्ला साविकको सोरहवा गाविस–८ मा रहेको कित्ता नम्बर ४४२ अन्तर्गत रहेको १४३ बिघा ९ कट्ठा पर्ती जग्गा वर्षौंसम्म योजनाबद्ध प्रयासबाट कित्ताकाट गरी विभिन्न व्यक्तिका नाममा दर्ता गराएको पाइएको हो । 

बाँके साविक इन्द्रपुर गाविस ८ बस्ने गयाप्रसाद कुर्मी, उनका छोरा बर्दिया सोरहा–८ का सावितराम कुर्मी तथा मालपोत अधिकृतहरु मुक्तिबहादुर स्वाँर, शंकरप्रसाद भेटुवाल, नायब सुब्बा प्रकाशचन्द्र बुढाथोकी र खरिदार धु्रवप्रसाद भण्डारीको मिलेमतोमा यो काम भएको हो । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *