घाँटी रेटी हत्या गरेको अवस्थामा युवतीको शव फेला

कात्तिक १७, चितवन । पर्साको ठोरी गाउँपालिकामा घाँटी रेटी हत्या गरेको अवस्थामा एक युवतीको शव फेला परेको छ । 

ठोरी गाउँपालिका वडा ५ मा अन्दाजी १७/१८ बर्षकी भारतीय मुलकी युवतीको शव फेला परेको हो । युवतीको बलात्कार पछि हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।  ओरिया खोला किनारको जङ्गल छेउमा घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको सुवर्णपुर प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक निलराज काफ्लेले जानकारी दिए । 

दिउँसोपख बाख्रा चराउन आएका स्थानीय महिलाहरुले जंगलमा शव देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भइरहेकाले अनुसन्धान पछि मात्र सबै भन्न सकिने ठोरी प्रहरीको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *