एक हप्ता अघि मारिएका आइएस प्रमुखकी दिदी पक्राउ

कार्तिक १९ ।  चरमपन्थी समूह इस्लामिक स्टेट (आइएस) का पूर्व प्रमुख अबु बक्र अल–बगदादीकी दिदीलाई उत्तरी सिरियामा पक्राउ गरिएको टर्कीले बताएको छ । बगदादीको  एक अमेरिकी हमलामा मृत्यु भएको थियो । 

बगदादीकी दिदी ६५ वर्षीया रस्मिया अवादलाई उत्तरी सिरियामा टर्कीको कब्जा भएको अजाज शहरमा पक्राउ गरियो । उनी त्यहाँ आफ्ना श्रीमान् र परिवारलाई अन्य सदस्यसँग बसिरहेकी थिइन् ।टर्कीका एक अधिकारीका अनुसार यो गिरफ्तारीले आइएससँग जोडिएका थुप्रै महत्वपूर्ण गोप्य जानकारीबाट पर्दा हट्न सक्छ । 

यद्यपि, जानकारले टर्कीको यो दाबीमाथि शंका गरेका छन् तर उनीहरुले बगदादीको जीवन र इस्लामिक स्टेटको ढाँचाबारे केही जानकारी पाइने आशा भने गरेका छन् । बगदादीको दिदीबारे निकै कम जानकारी छ र बीबीसीले अहिलेसम्म स्वतन्त्र रुपमा पक्राउ महिलाको पहिचानको पुष्टि गर्न सक्षम छैन । 

न्यूयोर्क टाइम्सले दिएको खबर अनुसार बगदादीका पाँच भाइ र थुप्रै दिदी बहिनी छन् । यद्यपि, उनीहरु सबै जीवित छ छैन भनेर स्पष्ट छैन । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − five =