जाडाेकाे माैसममा यसरी स्वास्थ्य रहनुस्

मंसिर ३ । बिस्तारै जाडो बढ्ने क्रममा छ। जाडोमा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। यसैले यो वेला स्वस्थ रहन सबैले सावधानी अपनाउनु पर्छ। केही प्राकृतिक विधि छन्, जसले हामीलाई न्यानो राख्छ र रोगसँग लड्ने क्षमता पनि बढाउँछ। 

जाडोमा नुहाउनका लागि मनतातो पानीको व्यवस्था गर्नुपर्छ। त्यसमा थोरै नुन, तुलसीको पात राखेर नुहाउँदा पनि रोगसँग लड्ने क्षमता बढ्छ। 

नुहाइसकेपछि शरीरको मालिस गर्ने गर्नुपर्छ। मालिस प्रतिरक्षा बढाउने सबैभन्दा राम्रो विधि मानिन्छ। सूर्यमुखी वा तिलको तेलले मालिस गर्दा मांसपेशी बलियो हुन्छ। मसाजले रक्तसञ्चार पनि सन्तुलित राख्छ। 

जाडोमा तातो र हल्का भोजन गर्नु प्रतिरक्षा बढाउने उपयुक्त तरिका हो। हल्का र तातो भोजनले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ। यस्तै पर्याप्त निद्रा पनि स्वास्थ्यका लागि आवश्यक छ। 

खानामा केहि मसला मिश्रण गर्नु पनि जाडोमा लाभदायक हुन्छ। यसले शरीरको प्रतिरक्षा क्षमता बढाउन सहयोग गर्छ। जीरा, बेसार, मेथी, अदुवा र मरिच जस्ता मसला दैनिक आहारमा समावेश गर्न सकिन्छ। यी मसलाकाे सही उपयोगले रुघाखोकी ज्वरो आदिबाट बचाउँछ। 

चिसो खाना र चिसो पेय पदार्थले पाचन रसको प्रभावलाई कम गर्छ। यसबाट विषाक्त पदार्थको निर्माणमा वृद्धि हुन्छ। त्यसैले यस मौसमका वेला चिसो खाद्य पदार्थ र पेय पदार्थ सेवन नगर्नुस्। 

जाडाेमा अश्वगन्धा, अमला, तुलसी, त्रिफला कागतीजस्ता जडिबुटी सेवन गर्नु लाभदायक हुन्छ। यी जडिबुटीलाई चियाका रूपमा पनि प्रयोग गर्न सकिन्छ। यी जडिबुटीले शरीरको रोग प्रतिरोधी क्षमतालाई बढाउन मद्दत गर्छन्। एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =