१३ औं साग: भाेलीबाट महिला तथा पुरुष भलिवल, पहिलाे खेलमा आयोजकसँग बंगलादेश भिड्ने
मंसिर १०, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको महिला तथा पुरुष भलिवल प्रतियोगिताको टाइसिट सार्वजनिक गरिएको छ ।
भाेलीबाट सुरू हुने लिगकम नक आउटका आधारमा खेलाइने प्रतियोगिताको समुह ए मा आयोजक नेपालसँगै इण्डिया र बंगलादेश छन् । समुह वि मा श्रीलंका पाकिस्तान र माल्दिभ्स रहेका छन् । भुटानले पुरुष तथा महिला भलिवलमा सहभागिता जनाएको छैन ।
टाइसिट अनुसार नेपालले पहिलो खेल बुधबार बंगलादेशसँग खेल्नेछ । बिहिबार समुह वि अन्र्तगत माल्दिभ्स र पाकिस्तान विच हुनेछ । भने, अर्को खेल इण्डिया र बंगलादेश विच हुनेछ ।
शुक्रबार इण्डिया र नेपाल भिड्दा अर्को खेलमा श्रीलंका र नेपाल नै भिड्नेछन् । शनिबार श्रीलंका र पाकिस्तान विच प्रतिष्पर्धा हुनेछ ।
यस्तैगरी महिला भलिवलमा बुधबार नै नेपाल र बंगलादेश विच प्रतिष्पर्धा हुन्छ । भने, अर्को खेल माल्दिभ्स र पाकिस्तानविच हुनेछ ।
बिहिबार इण्डिया र नेपाल, श्रीलंका र पाकिस्तानविच प्रतिष्पर्धा हुन्छ । शुक्रबार इण्डिया र बंगलादेश भिड्दा अर्को खेलमा श्रीलंका र माल्दिभ्स प्रतिष्पर्धा गर्नेछन् ।
महिला भलिवलमा नेपालले स्वर्ण जित्न सक्ने अपेक्षा गरिएको छ ।