सौगातको ‘माछा माछा’को प्रदर्शन मिति सारियो

कार्तिक २०, काठमाडौँ । कार्तिक २९ गते प्रदर्शन मिति तोकिएका चलचित्र ‘माछा माछा’को प्रदर्शन मिति सारिएको छ । 

 चलचित्रको मुख्य पात्र सौगात मल्ल रहेको यस चलचित्रलाई प्राविधिक कारण देखाएर मंसिर २० गतेबाट देशभर प्रदर्शन हुने बताईएको छ । 

चलचिचित्रमा सौगातसँगै विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठ, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाललगायतका कलाकारको भूमिका रहेको छ ।  

Image result for चलचित्र ‘माछा माछा’

रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेको यस चलचित्रलाई सुनिल गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा तयार पारिएको यस चलचित्रमा नायिका श्रृष्टि श्रेष्ठलाई  विशेष भूमिका देखाईने छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *