कुमारी बैंकद्धारा कमल आधारभूत विद्यालयलाई सहयोग
कार्तिक २५, काठमाडौं । कुमारी बैंकले कामनपा–१ कमलपोखरीस्थित श्री कमल आधारभूत विद्यालयलाई सहयोग हस्तान्तरण गरेको छ ।
सो विद्यालयमा अध्ययनरत बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्याउने उद्येश्यका साथ बैंकले विद्यालयलाई ५ थान कम्प्युटर तथा कक्षा ९ का जेहेन्दर विद्यार्थी तुलसी राम चन्दलाई छात्रवृत्रि रकम प्रदान गरेको हो ।
गुणस्तरीय शिक्षामा टेवा पुर्याएर बौद्धिक विकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक मान बहादुर खड्काज्यलाई हस्तान्तरण गरे ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदँै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११२ शाखा संजाल, १०० एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा १७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पुर्याउँदै जाने सञ्चार प्रमुख सीपा रेग्मीले जानकारी दिइन् ।