काठमाडौँको टेलरिङ सेन्टरमा चोरी गर्ने पक्राउ

मंसिर ४, काठमाडौँ । गएराती प्रहरीले टेलरिङ सेन्टरको चोरीमा संलग्न भएको आरोपमा एक व्यक्तिलाई काठमाडौँको तिलिङ्गेटारस्थित पर्वत गुल्मी ,पोखरा एण्ड दाङ गेष्ट हाउसबाट पक्राउ गरेको छ ।   

गत सोमबार काठमाडौं महानगरपालिका ३ तिलिङ्गेटारस्थित रोयल कम्प्लेक्स सिर्जन सर्टिङ एण्ड सुटिङ टेलरिङ सेन्टरमा चोरी भएको थियो सोही चोरीकार्यमा संलग्न देखिएका ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।   

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३ तिलिङ्गेटार खाँडीपाखा बस्ने बाजुरा गौमुल गाउँपालिका २ दहकोट घर भएका २१ वर्षीय दिनेश विक लाई पक्राउ गरिएको हो । 

Image result for चोरी गर्ने पक्राउ

पक्राउ परेका उनको साथबाट  प्रहरीले नगद २५ हजार रुपैयाँ, साउदी रियाल १ दरका १ सय २६ थान, पाइन्ट १७ थान, कोट १६ थान, विभिन्न खालको सर्ट ३६ थान, जिन्सको ज्याकेट १ थान, स्टकोट ३ थान, मोवाइल १ थान, मोवाइल प्याड १ थान, सिमकार्ड ३ थान  लगायत करिब २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको धनमाल फेला पारेका छन् । 

हाल उनीमाथी कारवाहीको लागि अघी बढाई अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *