ओपोले २०१९ भित्र क्वालकमद्वारा सञ्चारित डुअल–मोड ५जी स्मार्टफोन सार्वजनिक गर्ने

कार्तिक २४, काठमाडौं । ओपोले डुअल मोड फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने योजनाको घोषणा गरेको छ ।
ओपोका चिफ ५जी साइन्टिस्ट, हेनरी ट्याङले बार्सिलोनामा आयोजित क्वालकम ५जी समित २०१९ मा गरेको घोषणा अनुसार नयाँ उपकरण, क्वालकमको डुअल मोड फाइभजीबाट सञ्चारित हुनुका साथै यसले स्ट्याण्डअलोन (एसए) र नन् (स्ट्याण्डअलोन (एनएसए) नेटवर्क दुबै सपोर्ट गर्ने बताइएको छ ।
फाइभजी समितमा ओपोको प्रतिनिधित्व गर्दै विश्वकै अग्रणी प्राविधिक कम्पनीहरुका एक्जेक्यूटिभ्स र आरएण्डडी प्रिन्सिपल्सका सामु ट्याङले फाइभजीको हालको अवस्था र भविस्यका उत्पादन, उपयोगिता र अर्को पुस्ताको कनेक्टिभिटीद्वारा भविस्यमा प्राप्त हुने अदृतिय अनुभव र सम्भावनाका बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

क्वालकम फाइभजी समितमा ओपोका चिफ फाइभजी साइन्टिस्ट हेनरी ट्याङले भने, ‘ओपो लगायत अन्य औद्योगिक सहपाथीका अथक प्रयासले फाइभजी अपनत्वमा तिब्रता ल्याउन सघाएको छ । केही छानिएका देश तथा क्षेत्र अहिले नै ओपोका फाइभजी स्मार्टफोन्सका प्रारम्भिक गहनकर्ता समेत बनिसकेका छन् । हाम्रो नेक्स्ट जेनरेसन डुअल–मोड फाइभजी अफरिङले, विश्वभरका उपभोक्तालाई फाइभजीको सहज उपलब्धता प्रदान गर्दै अझ बढी बजारका अझ बढी उपभोक्तालाई अदृतिय अनुभव प्रदान गर्ने हामीले आशा लिएका छौँ ।’
मे २०१९मा ओपोले स्विट्जरल्याण्डको अग्रणी टेलिकम कम्पनी, स्विसकमसंग सहकार्य गर्दै स्विस बजारमा ओपो रेनो फाइभजी आधिकारिकरुपमा सार्वजनिक गर्यो ।
यससँगै यो ह्याण्डसेट व्यापारिक परियोजनका साथमा यूरोपमा उपलब्ध भएको पहिलो फाइभजी ह्याण्डसेट बन्यो । विश्वभर फाइभजीको कमर्सियलाइजेसनमा तिब्रता ल्याउनका लागि ओपो अहिले एक डर्जन भन्दाबढी अपरेटर्ससँग सक्रिय रुपमा सहकार्य गरिरहेको छ ।








