अरबियन सूक–काठमाडौं मरिएट होटलद्वारा विशिष्ट मिडल इस्ट डाइनिंग अनुभव

कात्तिक २६, काठमाडौं । काठमाडौं मरिएट होटलले एक हप्तासम्म “अरबियन सूक” आयोजना गरिरहेको छ जहाँ मानिसहरुले सबै अरबियन भोजनको अनुभव लिन सक्नेछन् ।   

मिडल इस्टको मुखबाट पानी रसाउने खानादेखि लिएर लोभ्याउने हुक्काको स्वादहरुको साथमा होटलले प्रसिद्ध बेली डान्सरको उत्साहजनक प्रस्तुती पनि पेश गरिरहेको छ ।   

यो इभेन्ट अतिथि शेफ मिना अयूब र काठमाडौं मेरिएट होटलको कार्यकारी शेफ सञ्जीव रञ्जनको सृजना हो जसले अतिथिहरुलाई मिडल इस्टका विभिन्न शहरहरुको अनुभव प्रदान गर्ने पर्फेक्ट मेन्यू पेश गरिरहेका छन् ।   

अतिथिहरुले लाइभ किचनको अनुभव गर्नुका साथै शेफहरुसँग कुराकानी गर्ने अवसर पाउनेछन् । 

यो इभेन्ट नोभेम्बर १६ तारिकसम्म काठमाडौं मेरिएट होटलको ठमेल किचनमा ६ः३० बजेदेखि राति १०ः३० बजेसम्म खुल्ला रहेको छ । अतिथिहरुलाई पहिले नै रिजर्भेसन गर्न अनुरोध गरिएको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − one =