काजोलको यी बानीले अजयलाई ‘इरिटेट’ बताउँछ

  

मंसिर १०, भारत ।  बलिउडको उदाहरणीय जोडीको रुपमा चिनिन्छ काजोल र अजय देवगनको जाडी । फिल्ममा अभिनय गर्दागर्दै एक अर्कालाई जीवनसाथीको रुपमा स्वीकार गर्दै सफल र खुशीयाली दाम्पत्य जीवन विताइरहेको यो जोडी पुनः फिल्मका एकसाथ देखिदैँछन् ।   

फिल्म ‘तानाजी’ मा एकसाथ देखिन लागेका अजय–काजल यतिबेला सञ्चारमाध्यममा छाएका छन् । २० वर्षको वैवाहिक जीवन विताएको यो जोडीको प्रेमले धेरैको ध्यान खिच्ने गर्छ ।  यति प्रेम, विश्वास र एक अर्काप्रति सम्मान हुँदाहुँदै अजयलाई काजोलको एउटा बानीले दिक्क बनाउने बताउँछन् ।   

Image result for ajay with kajol

काजोलले धेरै बोलेको मन नपर्ने बताउँदै अजयले उनको धेरै बोल्ने बानीले फिल्मको सेटमा निकै अफ्ट्यारो पारेको खुलाए । काजोल सेटमा केन्द्रित हुन निर्देशकले भनिरहँदा अर्कै अर्कै काम गर्ने पनि अजयले बताए । धेरै बोल्दा बोल्दै सेटमा के गर्ने नै बिर्सिने पनि उनले खुलाए । अजयले काजोललाई कम बोल्न सुझाइरहने बताए । साथसाथै उनले काजोल यदि बोलिनन् भने झन् के भयो भनेर आफैलाई छटपटी हुने बताउँछन् । 

उनीहरु एक अर्कासँग काम गर्न निकै सहज हुने बताउँछन् ।एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *