त्रिभुवन विमानस्थलमा दुई बिमान ठोक्कियो

कार्तिक २२, काठमाडौँ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निजी कम्पनीका दुई बिमान  ठोक्किएको छ । बिमानस्थलमा श्री एयरलाइन्सको बिमान र यतिको जहाज ठोक्किएको हो । 

श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरका अनुसार विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा पार्किङमा राखेको  यतिको बिमानसँग ठोक्किएको हो ।  उनका अनुसार दुबै बिमानमा सामान्य क्षती मात्र भएको छ ।   

बिमान ठोक्किएको देख्ने एक प्रत्यक्षदर्शिकाका अनुसार  श्री एयरलायन्सको लापरर्वाहीका कारण उक्त दुर्घटना हुन पुगेको हो । हाल अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण र दुबै कम्पनीका अधिकारीहरुले बिमानको निरीक्षण गरेका छन् । 

Related image

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *