मन्त्रिपरिषद् हेरफेरबारे ओली र प्रचण्डबीच कुरा मिलेन, सचिवालय बैठक १२ः३० लाई सारियो

मंसिर ४, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच मन्त्रिपरिषद हेरफेरका सम्बन्धमा छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटामा जारी छलफलमा आज हुने भनिएको मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल चलिरहेको श्रोतले जनाएको छ ।   

मन्त्रिपरिषदका साथै सभामुखको पदपूर्ति लगायतका विषयमा आजै टुंगो लगाउने गरि पार्टी अध्यक्ष द्वय लागि परेका हुन् ।   

यसअघि बिहान ९ बजे बस्ने भनिएको पार्टी सचिवालय बैठक पनि अध्यक्ष द्वयबीच कुरा मिल्न नसकेपछि सारिएको छ । सचिवालय बैठक १२ः ३० बजेका लागि बोलाइएको छ । अध्यक्ष द्वय ओली र प्रचण्डबीच मोटामोटी सहमति भएपछि बल्ल सचिवालय बैठक बस्ने बताइएको छ ।   

Image result for kp-prachanda

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =