नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी घरदैलौ कार्यक्रम जारी
मकालु खबर
२०७६ कार्तिक २९ गते
कार्तिक २९, धरान । नेकपाको तर्फबट धरान उपमहानगरपालिकाको मेयर पदका लागी उम्मेद्धवार बनेका प्रकाश राई सहितका उनका नेता कार्यकर्ताहरुको घरदैलो अभियान आज शुक्रबार पनि जारी छ ।
बिहान ७ बजे धरान १६ स्थित समिचोकमा भेला भई स्थानीय नागरिकसँगको भेटघाट पछि आफना कुरा राख्दै उम्मेद्धबार राईले घरदैलो अभियान सुरु गरेका हुन । सो अभियानकै क्रममा राईले आजको यो अभियान भारतले नेपालको सिमाना मिचेको विषयमा केन्द्र रहेको थियो ।
कार्यक्रममा राईले विरोध गर्दै कुनैपनि हालतमा नेपाली भुभाग आफना पार्टीले गुम्न नदिने र त्यसका लागी धरानेबासीको तर्फबट लडन तयार समेत रहेको बताए ।
धरानन उपमहानगरपालिका वडा नं १६ मा पनि राईले अन्य वडाको जस्तै आफुलाई धरानको समृद्धिका लागी धरान उपमहानगरपािलिकाको नगरप्रमुख पदमा बिजयी बनाउने आग्रह गरको थिए । ।
मकालु खबर
२०७६ कार्तिक २९ गते
प्रतिक्रिया