बङ्गलादेशका राष्ट्रपति स्वास्थ्यवस्थाकाे कारण चन्द्रागिरी भम्रण रद्दः भ्रमण दलका ३५ सदस्य चन्द्रागिरीमा
कार्तिक २९, काठमाडाैँ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमण दलमा रहेका ३५ सदस्यले चन्द्रागिरी अवलोकन भ्रमण गरेका छन् ।
भ्रमण दलमा रहेका बङ्गलादेशका सांसद, राष्ट्रपति कार्यालयका उच्च अधिकारी तथा सल्लाहकार, राजनीतिक दलका नेता, बङ्गलादेशकै परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, अन्य विशिष्ट व्यक्तिलगायत ३५ जनाले अवलोकन भ्रमण गरेका हुन् ।
उनीहरुलाई चन्द्रागिरी केबलकारमा चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महाप्रबन्धक अभिषेकविक्रम शाह, सञ्चालक अम्बिकाप्रसाद पौडेलल आईएमी ग्रुपका राजु पाैडेल लगायतले स्वागत गरेका थिए ।
भ्रमण दलका सदस्यले चन्द्रगिरी हिल्सको केबलकारमार्फत पुगेर प्राकृतिक सौन्दर्यको अवलोकन गरेका थिए । अध्यक्ष ढकालले भ्रमण दलका सदस्यहरूलाई त्यहाँको बस्तु स्थिति बारे जानकारी गराएका हुन् ।
ढकालले नेपालकाे प्राकृति ऐतिहासिक विषयमा भ्रमण दलले राखेकाे जिज्ञासा दिदै पर्यटन प्रवर्द्धनमा तथा अन्तरदेशीय पर्यटनमा जाेड दिने कुरामा आफू केन्द्रित रहेकाे बताए । भ्रमणमा सहभागी बङ्लादेशका पाहुनाले चन्द्रागिरी क्षेत्रको प्रशंसा गर्दै यस भ्रमणबाट नेपालमा बङ्गलादेशी पर्यटकको आगमनमा वृद्धि हुने विश्वास व्यक्त गरे ।
चन्द्रागिरीको अवलोकन भ्रमणका लागि बङ्गलादेशका राष्ट्रपति हमिद चन्द्रागिरी जाने पूर्वनिर्धारित कार्यक्रम भने अन्तिम समयमा स्वास्थ अवस्थाका कारणले रद्द भएको थियो ।