चितवन खैरहनी ४ र ५ मा नेपाली कांग्रेसको अग्रता
२०७६ मंसिर १४ गते

मंसिर १४, चितवन । चितवनको खैरहनी वडा नं. ४ र ५ को मतगणना शुरु भएको छ । प्रारम्भिक मतगणनामा दुवै वडामा नेपाली कांग्रेसले अग्रता हासिल गरेको छ ।
खैरहनी ४ को ५ सय मत गणनामा नेपाली कांग्रेसका देव बहादुर बस्नेतले २६७ मत प्राप्त गरेका छन् । उनलाई नेकपाका बेद बहादुर अधिकारीले २१९ मतले पछ्याइरहेका छन् ।
खैरहनी ५ को ५ सय मत गणना भइसक्दा नेपाली कांग्रेसका प्रतिमा कार्की बस्नेतले २५९ मत प्राप्त गर्दा सत्तारुढ नेकपाका पुननारायण प्रधानले २२५ मत प्राप्त गरेका छन् ।
null
२०७६ मंसिर १४ गते
प्रतिक्रिया
सम्बन्धित








