पक्राउको माग गर्दै अनेरास्ववियूको प्रदर्शन

मंसिर ८, काठमाडौँ । आईतार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले वीरगञ्जमा प्रदर्शन गरेका छन् । 

नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीको पक्राउको माग  गर्दै अनेरास्ववियूको केन्द्रीय नेतासमेत प्रदर्शनमा उत्रिएका हुन् ।   

गत शुक्रबार मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि उक्त कलेजको होस्टलको गेटमा कुटपीट भएको थियो । सो घटना बसरुद्धिनकै संलग्नतामा भएको भन्दै उनको पक्राउको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।   

बसरुद्धिनलाई पक्राउ गर लेखिएको प्लेकार्ड सहित घण्टाघरमा सुरुबाट सुरु भएको उनीहरुको प्रदर्शन बजार परिक्रमा गर्दै भेडियारीस्थित नेशनल मेडिकल कलेज घेराउ गरेको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *