१३ औँ दक्षिण एसियाली खेलकुदः यस्तो देखियो दशरथ रंगशाला (१५ तस्विर)
तस्विरहरूः मकालु खबर
मंसिर १३, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकूद (साग) तयारीका लागि नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रङ्गशाला धुमधामले सिंगारिएको छ ।
आइतबार देखि साग खेलकुद सुरु हुँदैछ । सागको औपचारिक उद्घाटन हुन दुई दिन मात्र बाँकी रहँदा रंगशाला झिलीमिली बत्तीले उज्यालो देखिएको छ ।
रङ्गशालामा बत्तीका साथै दक्षिण एशियाली राष्ट्र अङ्कित झण्डा समेत टाँगिएका छन् ।
योसँगै सागका सम्पूर्ण तयारी पूरा भइसकेका छन् । सागलाई लक्षित गर्दै प्रहरीले सुरक्षा व्यवस्था पनि कडा पारिसकेको छ । सागमा अवाञ्छनीय गतिविधि हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था कडा गरेको हो ।
पाहुनाहरुलाई विमानास्थलदेखि होटलसम्म, खेल्ने मैदानदेखि उनीहरुले भ्रमण गर्ने स्थलसम्म कडा सुरक्षा हुनेछ । आइतबारदेखि औपचारिक रुपमा सुरु हुने सागका लागि १८ हजार सुरक्षा तैनाथ रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार साग प्रतियोगितामा नेपाल प्रहरीमात्र १० हजार ५ सय परिचालन हुनेछन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँबाट ४ हजार ५००, जिल्ला प्रहरी कार्यालय कास्कीबाट २ हजार, महानगरीय प्रहरी परिसर ललितपुरबाट १ हजार ४००, जिल्ला प्रहरी कार्यालय धनुषाबाट ६ सय, ट्राफिक प्रहरी ७ सय र प्रहरी प्रधान कार्यालय मातहतबाट १३ सय जना प्रहरी सागमा परिचालन हुनेछन् ।
रंगशालामा शुक्रबार सागको उद्घाटन समारोहको रिहर्सल समेत गरिएको छ ।
तस्विरमा हेर्नुहाेस् साँझमा देखिएकाे दशरथ रंगशालाकाे दृश्यहरूः