चितवनको मतगणनास्थलमा तारजाली र सिसि क्यामरा

मंसिर १४, चितवन । चितवनमा मतगणनाको लागि गणनास्थलमा तारजाली र सिसि क्यामेरा जडान गरिएको छ । आज भएको उपनिर्वाचनको मत गणना गर्न तारजाली र सिसि क्यामरा जडान गरिएको हो ।   

भरतपुरको मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुर र खैरहनीको निर्वाचन अधिकृतको कार्यालय खैरहनीमा नै हुनेछ ।   

यी दुबै ठाउँमा तारजालीको प्रयोग गरिएको छ भने सिसि क्यामेरा जडान गरिएको छ । मतगणना आजै हुने निर्बाचन अधिकृत बिद्याराज पौडेलले बताए । 

गत स्थानीय निकायको निर्वाचनमा भरतपुर महानगरपालिकामा मतपत्र गणनास्थलमा मतपत्र च्यातिएको थियो । पुनः सोहि घटना दोहोरिन नदिन निर्वाचन कार्यालयले सुरक्षा ब्यवस्था कडा बनाएको हो ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − one =