‘नेपाली भूमी जसले अतिक्रमण गरेपनि सैह्य हुँदैन’ डा. शेखर कोइराला

कात्तिक २४, काठमाडौं । नेपाली भूमीमा बाह्य अतिक्रमण कोही पनि नेपालीलाई स्विकार्य नहुने नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले बताएका छन् ।   

भारतले लिपुलेक कालापानीमा सिमा अतिक्रमण गरेको विषयमा आफ्नो धारणा राख्दै नेता कोइरालाले नेपालको सार्वभौमसत्ता, भौगोलीक अखण्डता, राष्ट्रियता र लोकतन्त्रसँग नेपाली कांग्रेसले कोही कसैसँग सम्झौता नगरेको बताउँदै गुमेको भूमी तत्कालै फिर्ता ल्याउन पहल गर्न सरकारलाई आग्रह गरेका छन् ।   

‘नेपालको सार्वभौमसत्ता, भौगोलीक अखण्डता, राष्ट्रियता र लोकतन्त्रसँग नेपाली कांग्रेसले कोही कसैसँग सम्झौता गरेको छैन ।’ नेता कोइरालाले भनेका छन् ।   

उनले नेपाली भूमीमा बाह्य अतिक्रमण स्विकार्य हुनै नसक्ने भन्दै र यस्तो बिषयमा कतैबाट सम्झौता नहुने ठोकूवा समेत गरेका छन् । ‘नेपाली भूमीमा बाह्य अतिक्रमण कोही पनि नेपालीलाई स्विकार्य हुनै सक्दैन र यस्तो बिषयमा सम्झौता हुँदैन ।’ कोइरालाले भने ।   

उनले सिमा अतिक्रमणको सन्दर्भमा नेपाली कांग्रेस पार्टीको आधिकारिक धारणा समेत आइसकेको बताउँदै जहाँबाट जस्ले नेपाली भूमी अतिक्रमण गरेपनि सह्य हुन सक्दैन भनेका छन् । साथै कोइरालाले राष्ट्रियताको मुद्दामा देखीएको राष्ट्रिय सहमति अनुरुप गुमेको भूमी फिर्ता गर्न तत्कालै कुटनीतिक पहल गर्न सरकारसँग आग्रह समेत गरेका छन् ।   

पछिल्लो समय भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको लिपुलेक र कालापानीका केहि भूभाग आफ्नो नक्सामा समावेश गरेको देखिएको छ ।   

यस विषयमा सरकारले हिजै सर्वदलीय छलफल बोलाएर नेपाली भूमी अतिक्रमण भएको ठहर गर्दै भूमी फिर्ताका लागि एउटै धारणा बनाएर पहल गर्ने निर्णय गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *