तीन दिनदेखी जारी आलमको बयान सकियो

कार्तिक २०, रौतहट । तीन दिनदेखि जारी नेपाली कां‌ग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको बयान बिहिबार सकिएको छ । न्यायाधीश दीपक ढकालको इजलासमा आज जिल्ला अदाललत रौतहटमा उनको बयान सकिएको हो । 

अदालतमा बयान सकिएसँगै अव उनको थुनछेक बहस चल्नेछ । जसमा आलमको पक्ष र विपक्षमा कानुन व्यवसायीहरुले बहस गर्नेछन् । 

आलमलाई जम्मा ५१ बटा प्रश्न सोधिएको थियो । बयानको क्रममा आज अदालतमा पेश भएको तेस्रो दिन उनलाई ज्यान मार्ने उद्योग र बम विष्फोट सम्बन्धी कसुरबारे प्रश्न सोधिएको थियो । जसमा उनले अधिकांश प्रश्नको  इन्कारी जवाफ दिएका दिएका छन् । 

Image result for मोहम्मद अफताव आलम

१२ वर्ष अघि बम विष्फोटको घटनामा घाइते भएकाहरुलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको अभियोगमा उनलाई  असोज २६ गते प्रहरीले  पक्राउ  गरिएकाे थियाे। यस अभियोगमा उनीमाथी जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *