हातहतियार बुझाउन प्रहरीको आग्रह

मंसिर ९, धरान ।  ईलाका प्रहरी कार्यालय धरानले धरानको चुनावी सुरक्षालाई लिएर अनुमति लिएर राखिएका हातहतियार बुझाउनको लागि आग्रह गरेकाे छ । 

 मंसिर १४ गते हुने धरान उपमहानगरपालिकाको निर्वाचनलाई भयरहित र शान्तीपूर्ण ढङ्गले सम्पन्न गर्नका लागि धरान भित्र बसोबास गर्ने व्यत्तिहरुको निजि अनुमति प्राप्त हातहतियारलाई ईलाका प्रहरी कार्यालय धरानमा बुझाउन आग्रह गरेको हो ।   

निर्वाचन नजिकिएसँगै निर्वाचन लक्षित कुनै प्रकारको घट्ना निम्त्याउने सम्भावना भएकोले त्यस्ता घटना हुन नदिन ईलाका प्रहरी कार्यालय धरानले आईतबार प्रेस विज्ञप्ती जारी गर्दै उक्त जानकारी गराएकाे छ । 

Image result for प्रहरी

 मंसिर १४ गते धरान उपमहानगरपालिकाको नगर प्रमुख एवम् वडा नं ७ को वडा अध्यक्ष पदको उपनिर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नको लागि उपमहानगरपालिका भित्र बसोबास गर्नेहरुको अनुमति प्राप्त हातहतियार निर्वाचन नसकिए सम्मका लागि बुझाउन हुन भन्ने तालुक गृहमन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय सुनसरीको चलानी नं २९७८ को सूचना प्रकाशन गरिएकाे छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =