‘विगत वर्षहरुका तुलनामा काठमाडौं उपत्यकाको शान्ति सुरक्षाको अवस्थामा सुधार’ काठमाडौं प्रहरी प्रमूख सुवेदी

कात्तिक १६, काठमाडौँ । काठमाडौं प्रहरी परिसरका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक उत्तमराज सुवेदीले विगत वर्षहरुका तुलनामा यस वर्ष काठमाडौं उपत्यकाको शान्ति सुरक्षाको अवस्थामा सुधार आएकोे बताएका छन् ।   

महानगरीय प्रहरी प्रभाग, बलम्बुको हाताभित्र समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नवनिर्मित दुर्गादेवी मन्दिर भवनको उद्घाटन गर्दै सुवेदीले उक्त दावि गरेका हुन् ।   

कार्यक्रममा बोल्दै परिसर प्रमुख सुवेदीले लागू पदार्थ तथा मादक पदार्थ सेवनका कारण उत्पन्न हुने घटनाको तुलनामा सामाजिक सञ्जालले विकृति वढाएको समेत बताए । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने लक्ष्यलाई पुरा गर्न सभ्य, शान्त र सुरक्षित समाज निर्माण गर्न नेपाल प्रहरी लागि रहेको समेत बताए । 

चन्द्रागिरी नगरपालिका वडा नं १२ निवासी समाजसेवी शान्ति श्रेष्ठले आफ्ना स्वर्गीय पति रामदास श्रेष्ठको स्मृतीमा करिब दश लाखमा सो मन्दिर निर्माण गरिदिएकी हुन् । मन्दिरको उद्घाटन चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र काठमाडांै प्रहरी परिसरका प्रमुख सुवेदीले संयुक्त रुपमा गरेका थिए ।   

कार्यक्रममा बोल्दै नगरपालिकाका नगरप्रमुख गिरीले आगामी वर्षदेखि नगरपालिकाले आफ्नै नगर प्रहरीकोे व्यवस्था गर्न लागेको जानकारी दिँदै काठमाडौं प्रदेशद्वारको रुपमा रहेको नागढुङ्गा कलङ्की सडककोे सौन्दर्य विकासमा जोड दिएको बताए । ‘नागढुङ्गा कलङ्की सडकमा गुड्ने सार्वजानिक यातायातबाट फोहर फाल्न प्रतिवन्ध लगाएका छौँ, आगामी दिनमा यहाँको सडक सौन्दर्यमा विशेष जोड दिन्छौं ।’ 

उनले नगरको शान्ति सुरक्षा कायम गर्न तथा मादक पदार्थ, लागू पदार्थ नियन्त्रण गर्न नेपाल प्रहरीलाई नगरपालिकाले सहयोग गर्दै आएको जानकारी दिँदै जनप्रतिनिधिबाट प्रहरीलाई भनसुन, सिफारिस गर्ने कार्य नगरिएको स्पष्ट पारे । सो अवसरमा नगरप्रमुख गिरी र प्रमुख सुवेदीले समाजसेवी शान्ति श्रेष्ठलाई सम्मान समेत गरे ।   

चन्द्रागिरी नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले समृद्ध चन्द्रागिरी नगरपालिका बनाउने अभियानमा एकजुट हुन नगरबासीलाई आह्वान गर्दै भौतिक पूर्वाधार विकास नगरपालिकाले काम गरिराखेको बताए ।   

महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दुर्गादेवी मन्दिरको अनावरण गर्न पाउँदा नेपाल प्रहरीलाई खुशी लागेको चर्चा गर्दै समुदाय प्रहरी साझेदारी कार्यक्रम नगरपालिका सबै वडामा सञ्चालन भैराखेको जानकारी दिए ।   

महानगरीय प्रहरी प्रभाग बलम्बुले लागू पदार्थ, मदिरा सेवन, महिला हिंसा, घरेलु मदिरा विक्री वितरणमा रोक, चोरी डकैती नियन्त्रण लगायत कार्यमा घरदैलो कार्यक्रम सञ्चालन गरी सचेतना बढाउँदै आएको छ । मन्दिर अनावरणपछि भगवती मानव कल्याण सङ्गठन नेपाल शाखाले आरती र भजन कीर्तिन गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *