सिटिजन्स बैंक र स्पार्क हेल्थ होम हस्पिटलबीच सहकार्य

मंसिर ११, काठमाडाैँ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र स्पार्क हेल्थ होम हस्पिटल प्रा. लि.,बीच बैंकका ग्राहक महानूभावहरुलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।   

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट,प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकहरुले स्पार्क हेल्थ होम हस्पिटल प्रा. लि. मा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउँनेछन् । यो सेवा स्पार्क हेल्थ होम हस्पिटलका काठमाण्डौ उपत्यकाका चारवटै शाखा कार्यलय (चावहिल, सतुंगल, भक्तपुर र सोल्टीमोड) बाट उपलब्ध हुनेछ । यस किसिमको सहकार्यबाट बैंकका  ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।   

“योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 6 =