चन्द्रागिरि मेयर गोल्डकपः फ्रेन्डस् क्लबलाई हराउँदै थ्री स्टार सेमिफाइनलमा प्रवेश

मंसिर ७, काठमाडौँ । थ्री स्टार क्लब चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चन्द्रागिरि खेल मैदानमा आज भएको खेलमा मा फ्रेन्डस् क्लबलाई १–० गोलले हराउँदै थ्री स्टारले अन्तिम चारमा स्थान बनाएको हो ।   

थ्री स्टारका लागि कप्तान रुपेश केसीले इन्जुरी समयको दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । निर्धारित समयमा कुनै गोल नभएपछि इन्जुरी समयमा केसीले गरेका थिए । केसी खेलको म्यान अफ द म्याच घोषित भए । उनले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।   

शनिबार नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच क्वाटरफाइनलको खेल हुनेछ ।   

Image result for थ्री स्टार सेमिफाइनलमा प्रवेश

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =