३८ लाख रुपैंया सहित अवैध हुण्डी कारोबारको आशंकामा दुई पक्राउ

मंसिर १२, काठमाडौं । नेपाल प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । 

महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले उनीहरुलाई ३८ लाख १२ हजार रुपैयाँसहित न्युरोटबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा काठमाडौं–१८, नरदेवीका ५८ वर्षीया गोबर्द्धनप्रसाद सरावगी र अर्घाखाँचीका २३ वर्षीय कृष्णप्रसाद भट्टराई रहेका छन् । 

null

अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले भट्टराईलाई अन्जनी ओभरसिजका सञ्चालक सरावगीले हुण्डी गर्न अवैध रकम ३० लाख दिएको जानकारीमा आएको बताए । 

उनको साथबाट थप ८ लाख १२ हजार नगदसहित अन्य विभिन्न व्यक्तिको नाममा काटिएको चेक पनि बरामद भएको थापाले बताए । 

गैरकानुनी हुण्डी कारोबारमा बैंकिङ कसूर आकर्षित गरी कारबाही हुने गरेको छ। स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने भएकाले राजस्व छलीमा पनि कारबाही हुने प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *