महरा पुर्पक्षका लागि कारागार, आलमलाई ३२ वर्ष कैद, नेपालको असन्तुष्टि, हृदय केन्द्रमा हुन छाड्यो मुटुको अप्रेसन

कात्तिक १९, काठमाडौं । राजधानीबाट प्रकाशित हुने आजका दैनिक पत्रपत्रिकाहरुले मोहम्मद अफताब आलम र निलम्बित सभामुख कृष्णबहादुर महराको जवरजस्ती करणीको समाचारलाई हाइलाइटस् गरेका छन् । कान्तिपुर दैनिक, नागरिक दैनिक, नयाँ पत्रिका, राजधानी दैनिक, अन्नपूर्ण पोस्ट, नेपाल समाचारपत्रले महरालाई पुर्पक्षमा पठाइएको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । यसैगरी अफताब अहमद आलमलाई ३२ वर्ष कैद सजाय माग गरिएको विषयलाई पनि प्राथमिकतामा राखेका छन् ।   

आज प्रकाशित कान्तिपुर दैनिकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई अध्यक्ष केपी शर्मा ओलीले एकलौटी तवरले चलाएको भन्दै बरिष्ठ नेता माधबकुमार नेपालको असन्तुष्ठिलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । कान्तिपुर दैनिकका लागि विनु सुवेदीले तयार पारेको रिपोर्ट अनुसार केपी ओलीले प्रदेश प्रमुखको पदमुक्त गर्नुदेखि, जनवर्गिय संगठन र विभागको नेतृत्व चयन र प्रदेश इन्चार्ज नियुक्तिमा नेपालको असहमति देखिन्छ । कान्तिपुरले महरा पूर्वआइजिपी ठकुरीसँगै सदरखोरमा शिर्षकमा कृष्णबहादुर महराको समाचार प्रकाशित गरेको छ ।   

यता नागरिक दैनिकले पनि महराकै समाचारलाई मुख्य समाचार बनाएको छ । नागरिकले महरा र आलमको विषयलाई एकै स्थानमा राखेर अहिलेसम्मकै ‘हाइप्रोफाइल’ भनेको छ । भने, प्रदेश प्रमुख नियुक्तिले नेकपा भित्र निम्तिएको विवादको समाचार पनि छ ।   

नयाँ पत्रिकाले भने, आलमलाई मुद्दा तर, जघन्य अपराधमा उनीसँगै मुछिएका प्रहरीलाई भने उन्मिुक्ति दिइएको बताएको छ । नयाँ पत्रिकाका अनुसार आलम केसमा प्रहरीका एसपीदेखि आइजीपीसम्म र सरकारी वकिलदेखि महान्यायाधिवक्तासम्मको मिलेमतोमा अपराधीलाई संरक्षण गरिएको प्रमाण छताछुल्ल हुँदा पनि उनीहरुमाथि मुद्दा चलेन । पत्रिकाले राष्ट्र बैंकका डेपुटी गर्भनर श्रेष्ठ निलम्बनमा परेको समाचार समेत अग्र पृष्ठमा प्रकाशित गरेको छ ।   

यता राजधानी दैनिकले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख शिर्षकमा प्रदेश प्रमुखको नियुक्तिको समाचार बनाएको छ । यसका साथै शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा देखिएको वेथिति उजागर गरेको छ । राजधानी दैनिकका अनुसार राष्ट्रिय हृदय केन्द्रका अधिकांश उपकरण काम नलाग्ने अवस्थामा भएका छन् । केन्द्रमा एक्मो मेसिन विग्रिएर थन्किएको छ, कलेजो प्रत्यारोपण कार्यक्रम बन्द भएको छ । मुटुको शल्यक्रिया हुनै छाड्यो ।   

हेर्नुहोस आजका पत्रपत्रिकाका पहिलो पेज 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *