प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

कार्तिक २२, रुपन्देही । रुपन्देहीमा प्रहरीलाई घुस दिन खोजेको आरोपम दुई युवालाई पक्राउ परेका छन् । 

रुपन्देहीको ओमसतिया गाउँपालिकाको ठुटीपिपलमा चेकिङ्गको क्रममा प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोजेपछी ती दुई युवा पक्राउ परेका हुन् ।   

पक्राउ पर्नेमा  बुटवल १५ का नारायण भुषाल र ओमसतिया गाउँपालिका बाड नम्बर १ बस्ने २८ वर्षीय मनिष चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

Image result for प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

प्रहरीका अनुसार पक्राउ परेका उनीहरुको बिरुद्धमा (मुलुकी अपराध संहिता ऐन) २०७४ को फौजदारी कसुर अन्तर्गत परिच्छेद ५ को दफा ११८ को उपदफा १ विपरित कसुरमा मुद्धा चलाईने छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *