मुग्लिन–पोखरा सडक विस्तार गर्न एडीबीले दिने भयो २१ अर्ब ५० करोड ऋण
२०७६ कार्तिक १५ गते

कात्तिक १५, काठमाडौँ । एसियाली विकास बैंक (एडीबी)ले मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार गर्न २१ अर्ब ५० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ । दुई लेनको सडक चार लेनमा विस्तार गर्न लागिएको छ ।
एडीबीको सञ्चालक समितिले बुधबार सहुलियत ऋण अनुमोदन गरेको हो । एडीबीले मुख्याल मनिलाबाट जेठ १३ मा उच्चस्तरीय टोली मुग्लिन–पोखरा सडकखण्ड निरीक्षण गर्न नेपाल आएको थियो ।
१५ दिनका लागि नेपाल भ्रमणमा आएको टोलीले मुग्लिन–पोखरा सडकको स्थलगत अनुगमन गरेको थियो । टोलीले बुझाएको प्रतिवेदनका आधारमा एडीबीले ऋणका लािग सहमति जनाएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्टले छापेको छ ।
null
२०७६ कार्तिक १५ गते
प्रतिक्रिया
सम्बन्धित








