‘भोली मन्त्रिपरिषद् पुर्न गठन गर्छुहोला, बाहिरिनेले अन्यथा नलिनु होला’
मंसिर ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेको मन्त्रीहरुलाई जानकारी गराएका छन् । आज मंगलबार मन्त्रिपरिषद्को बैठक राखेर प्रधामन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको जानकारी दिए ।
‘भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्छु होला । कोही दोहोरिनु होला, कोही बाहिरिनु होला, कसैले पनि अन्यथा नलिनुहोला ।’ प्रधानमन्त्रीले भने ।
ओलीले सरकारको काम कारवाही चुस्त दुरुस्त नभएको गुनासा आइरहेकोले नयाँलाई अवसर दिनुपर्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्न बाहिरबाट पनि दबाव रहेको बताउँदै बाहिरिने मन्त्रीहरुलाई धन्यवाद समेत दिए ।
ओलीले मन्त्री मण्डललाई भोलि सार्वजनिक कार्यक्रममा नजान समेत आग्रह गरेको मन्त्रिपरिषद्का एक मन्त्रीले बताए ।
सोमबार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भएपनि प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सहमति नजुट्दा पुनगर्ठन ढिला भएको थियो ।
अझैपनि ओली र दाहालविच वार्ता हुँदैछ । बुधबार विहान नेकपा सचिवालय बैठक समेत बोलाइएको छ । दुई अध्यक्षबीच सहमति जुटेमा भोली दिउँसो २ बजे अगाडि मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने बालुवाटार स्रोतले जनायो ।