लागूऔषध सहित धरानबाट ३ पक्राउ

मंसिर ५, धरान । धरानमा स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै नेपाल प्रहरीद्धारा सुरक्षा कडा पारिएको छ भने धरानका बिभिन्न चेकपोईन्टमा चेकजाँचको क्रममलाई निरनतरता दिइएकाे छ ।   

सोही चेकजाचको क्रममा बुधबार धरानको बिभिन्न स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धरान १५ बस्ने १९ वर्षका अनिल थापा, धरान १७ मा कोठा भाडामा लिई बस्ने २० वर्षीय सन्तोष बिशंखे र मोरङको कानेपोखरी गाउपालिका ६ बस्ने ३५ वर्षका कविराज दाहाल रहेका छन् । 

थापा र दाहाललाई इलाका प्रहरी कार्यालय धरानको धरान ८ तिनकुनेमा रहेको चेकपोष्टमा यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा लागुऔषध सहित पक्राउ गरेको हाे ।उनीहरुको साथबाट १०० ग्राम र Spasmid  लेखिएको ७७० क्याप्सुल र १०० ग्राम र Treedol-50 लेखिएको ७४० ट्याब्लेट बरामत  गरिएकाे ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

त्यस्तै, पक्राउ परेका मध्ये सन्तोष बिशंखेलाई लागुऔषध संचय गरी कारोबार गरेको सूचनाको आधारमा बुधबार उनकै कोठाबाट पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय धरानका डि एस पी ढुण्डीराज न्यौपानेले जानकारी दिए।   

पक्राउ परेका बिशंखेको साथबाट एभिल, लुपिजेसिक र डाइजेलाब गरी कुल ९२७  एप्पुल लागूऔषध फेला परेको हो ।   तिनैजना माथी लागुऔषध मुद्धामा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =