स्वस्तिमाको ‘बुलबुल’ ‘दक्षिण एसियाली फिल्म महोत्सव’को लागि छनोट

कार्तिक १९, काठमाडौँ । नायिका स्वस्तिमा खड्कालाई मुख्य पात्रमा देखाईएको चलचित्र ‘बुलबुल’ फ्रान्स हुन गईरहेको ‘दक्षिण एसियाली फिल्म महोत्सव’को लागि छनोटमा परेको छ ।   

जनवरी २८ गतेबाट सुरु भएर फेब्रुअरी २ मा सकिने यस फिल्म महोत्सवमा सहभागी हुन  नायिका खड्कासँगै चलचित्रका निर्देशक बिनोद पौडेलसँगै जाने भएका छन् ।  प्रतिष्ठित फिल्म फेस्टिभल मध्यको एक रहेको यस महोत्सवमा नायिकासँगै आफूपनि उक्त सहभागी हुन जान लागेको निदेर्शक पौडेलले जानकारी दिए । 

चलचित्रमा स्वस्तिमासँगै मुकुन भुसाल, बुद्धि तामाङ, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्ज्वल अधिकारी, सृष्टि भट्टराई आदिको मुख्य भूमिका रहेको छ ।‘बुलबुल’ मा नायिका स्वस्तिमाले एक  ट्याम्पु चालकको भूमिका निर्वाह गरेकी छिन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *