सुनकोशीमा बस खस्दा चारको मृत्यु, दर्जन घाइते

कात्तिक १७, काभ्रे । सुनकोशीमा बस खस्दा चार जनाको मृत्यु भएको छ । दोलखाको मागा देउरालीबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटे नजिकै दुर्घटना हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको हो ।   

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस आज आइतबार दिउँसो सवा १ बजे सुनकोशी नदीमा खसेको हो ।   

घटनास्थलमा तीन यात्रुको शव फेला परेको  डिएसपी माधव काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार मृतकको संख्या अझै बढ्न सक्छ । प्रहरीले मृतकको सनाखत भइ नसकेको बताएको छ ।   

उक्त बसमा ४० यात्रु सवार थिए । घाइतेमध्ये ६ जनाको उद्दार गरी अस्पताल पठाइएको छ । बसका चालक धनबहादुर तामाङ नदीबाट आफैं माथि आए लगत्तै बेहोस भएपछि उनलाई पनि अस्पताल पठाइएको छ ।   

प्रहरीले दुर्घटनाको कारण खुल्न नसकेको बताएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *