खैरहनीमा १२० जनालाई अपाङ्गता परिचय पत्र वितरण

मंसिर २, चितवन ।   चितवनको खैरहनी नगरपालिकाले हाल सम्म १ सय २० जना अपाङ्गता भएकाहरुलाई परिचय पत्र ( कार्ड ) वितरण गरेको छ ।  

सरकारले गरेको अशक्तताको ४ वर्गिकरणमा परेका उनीहरुलाई नगरपालिकाले परिचत्र पत्र प्रदान गरेको हो ।  गत वर्ष ४९ जनाले मात्र परिचय पत्र पाएकोमा यस वर्षको मंसिर २ गते सम्म थप ७१ जनाले परिचय पत्र पाएको नगरपालिकाको महिला तथा वालवालिका शाखा प्रमुख एवम् महिला तथा वालवालिका निरीक्षक कृष्णकुमारी गुरुङले जानकारी दिईन् ।  

अहिले सम्म २२ जनाले रातो कार्ड पाएका छन् । रातो कार्ड पाउनेलाई पूर्ण अशक्त मानिन्छ । त्यस्तै अति अशक्त एवंम् निलो कार्ड ४२ जनाले पाएका छन् । ३३ जनाले पहेंलो तथा २३ जनाले सेता कार्ड पाएका महिला तथा वालवालिका शाखा प्रमुख गुरुङले बताईन् ।  

पहेंलो कार्ड पाउनेलाई मध्यम र सेतो कार्ड पाउनेलाई सामान्य अशक्तको रुपमा वर्गिकरण गरिएको छ । रातो कार्ड पाउनेले मासिक ३ हजार र निलो कार्ड पाउनेले मासिक १ हजार ६ सय रुपैया सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने महिला तथा वालवालिका सहायक निरीक्षक बिमला रानाभाटले बताईन् ।  

पहेंलो र सेतो कार्ड पाउनेहरुलाई उपचार र यातायातमा छुट हुने व्यवस्था भएपनि त्यसो नभएको गुनासो आउने गरेको छ । नगरपालिकाले सोमवार मात्रै ९ जनालाई कार्ड वितरण गरेको छ । २ जनालाई रातो, ४ जनालाई निलो र ३ जनालाई पहेंलो कार्ड प्रदान गरिएको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *