डिप्रेसनबाट मुक्त हुन व्यायाम

मंसिर ४ । नियमित रूपमा व्यायाम गर्दा शरीरको तौलका साथ साथै डिप्रेसनको सम्भावना पनि घट्ने देखिएको छ । हरेक दिन आधा घण्टा वा मिलाएर हप्ताको चार घण्टा व्यायाम गर्ने व्यक्तिहरूमा डिप्रेसनको सम्भावना १७ प्रतिशतले घट्ने अनुसन्धानले देखाएको छ । 

हार्वर्ड विश्वविद्यालयका अनुसन्धाताहरूले दिनको जम्मा आधा घन्टा शारीरिक गतिविधि गर्दा पनि शरीर तथा मस्तिष्कमा सकारात्मक असर पर्ने पत्ता लगाएका हुन् । व्यायाम, योग, नृत्य वा जिममा पसिना बगाएजत्तिकै फाइदा शरीरलाई पुग्ने साथ साथै डिप्रेसनबाट पनि छुट्कारा पाउन सकिन्छ । 

डा कार्मेल चोइ र उनका सहकर्मीहरूले पार्टनर्स हेल्थकेयर बायोबैंकमा सहभागी गराएका आठ हजार मानिसहरूले आफ्नो जीवनशैली, बानीबेहारा र व्यायामको स्तरका बारेमा प्रश्नको उत्तर दिएका थिए । दुई वर्षको अवधिमा अनुसन्धाताहरूले उक्त जानकारीलाई रोगीको स्वास्थ्य रेकर्डसँग दाँजे र डिप्रेसन भएका मानिसलाई विशेष निगरानी गरेका थिए । 

Related image

अनुसन्धानबाट डिप्रेसनका सम्भावना भएका मानिसहरूले व्यायाम गर्दा डिप्रेसन हुने सम्भावना १७ प्रतिशतले घटेको निष्कर्ष निकालेको थियो । व्यायाममा पनि दौडिने, हिँड्ने तथा नृत्य गर्दा डिप्रेसन घट्ने सम्भावना कम भए पनि पौडी खेल्दा, जिम जाँदा वा खेल्दा कुनै लाभकारी असर भने देखिएको थिएन । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *