काँडाघारीमा जेष्ट आईडियोलोजी सहकारीको सदस्य सेवा केन्द्र

कार्तिक २४, काठमाडौं । जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ९ काँडाघारीमा सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।   

उक्त सेवा केन्द्रको कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापा तथा संस्थाका अध्यक्ष रामप्रसाद आचार्य, उपाध्यक्ष कृष्ण बहादुर थपलिया, सचिव तथा प्रमुख कार्यकारी सञ्चालक हेमबहादुर कार्कीले संयुक्त रुपमा उद्घाटन गरे ।   

उद्घाटन कार्यक्रममा नगरपालिकाकी कार्यपालिका सदस्य, वडा नं. ९ का अध्यक्ष कुन्दन खड्का लगायत शेयर सदस्य तथा स्थानिय गरि सात सय भन्दा बढिको उपस्थिति रहेको थियो । सेवा केन्द्र सञ्चालनको अवसरमा रक्तदान कार्यक्रम समेत गरिएको थियो ।   

संस्थाका कार्यकारी सञ्चालक हेम बहादुर कार्कीका अनुसार संस्थाले हाल न्युरोड, मैतिदेवी र काडाँघारीबाट सेवा प्रदान गर्दै आएको छ । संस्थामा ७५ जना कर्मचारी आबद्ध भएको बताउँदै कार्कीले संस्थाले १० वर्षको अवधि पार गर्दासम्म कूल कारोवार एक अर्ब ३८ करोड पुर्याई ९५ करोड निक्षेप संकलन गर्न सफल भएको बताए ।   

‘सहकारीको संख्या धेरै भएपनि हामीले आर्थिक, सामाजिक, सांस्किृतिक, पर्याबरणीय कार्यमा ध्यान दिएका छौं ।’ उनले भने ।   

संस्थाले गत कात्तिक २ गते काँडाघारी क्षेत्रमा २६ वटा टोल सुधार समितिको सहभागीतामा सरसफाई अभियान सम्पन्न गरेको कार्कीले जानकारी दिए । संस्थाका अध्यक्ष रामप्रसाद आचार्यले संस्थाले गाँउ शहर जोड्ने उद्देश्यले कागेश्वरी मनहरामा सेवा केन्द्र सुरु गरेको बताए । ‘हामीले आम नागरिकको, शेयर धनीको विश्वास जित्ने काम गरेका छौं । त्यसकारण सदस्यहरु बढ्दै गएका छन ।’ उनले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *